आरम्भ चौतारी लघुवित्तद्वारा देशभर १३५ शाखा कर्मचारी लक्षित ‘व्यवसायिक वृद्धि तालिम’ सम्पन्न
६ भाद्र २०८२, शुक्रबार १७:१९

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय बनेपाको आयोजना अनुसार देशभरका सबै प्रदेशमा ‘प्रोफेसनल ट्रेनिङ फर कम्प्रिहेन्सिभ बिजनेस ग्रोथ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
साउन १६ गते कोशि प्रदेशको ईटहरीबाट सुरु गरिएको तालिम कर्णाली प्रदेशको विरेन्द्रनगर, सुर्खेतमा पुगेर समापन भएको हो। तालिमका क्रममा १३५ वटा शाखामा कार्यरत सबै कर्मचारी र प्रदेशस्तरमा कार्यरत २२ जना कार्यक्रम अधिकृतसहित कुल ४७२ जना कर्मचारी सहभागी भएका थिए।
तालिमको मुख्य उद्देश्य कर्मचारीको व्यवसायिक क्षमता अभिवृद्धि गर्नु र संस्थाको समग्र व्यवसायिक वृद्धि सुनिश्चित गर्नु रहेको संस्थाले जनाएको छ।













