आइएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न

८ भाद्र २०८२, आईतवार ११:५७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

कम्पनीले आयोजना गरेको फुटसल प्रतियोगितामा कर्पाेरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समूहका कर्मचारीबीच मैत्रिपूर्ण प्रतियोगिता भएको थियो।

कम्पनीले ‘खेलकूद मार्फत् स्वास्थ्य, एकता र ऊर्जा’ भन्ने मूल नाराका साथ आयोजना गरेको उक्त प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्देश्य कर्मचारीबीच आपसी समन्वय, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा र उत्साह थप्नु रहेको कम्पनीले जनाएको छ।

उक्त फुटसल प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक (कीपर) र शीर्ष गोलकर्तालाई पुरस्कार समेत प्रदान गरिएको थियो।

कम्पनीका सीईओ पवनकुमार खड्काले खेलकूद केवल मनोरञ्जन मात्र नभई यसले टीम भावना, आत्मविश्वास र स्वास्थ्यलाई मजबूत बनाउने भएकाले खेलकूदको महत्व दर्शाउदै कार्यक्रमको समापन गरेका थिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*