हिमालयन बैंकको शेयर खरिद-बिक्रीका लागि हबिब बैंक र नेशनल लाइफबीच समझदारी

८ भाद्र २०८२, आईतवार १३:०१

काठमाडौँ । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो हिस्सेदारी नेशनल लाइफ इन्स्योरेन्सलाई बेच्ने प्रक्रिया पूरा गरेको छ । गत शुक्रबार दुवै संस्थाबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो  ।

नेशनल लाइफ इन्स्योरेन्सले सम्झौता अघि नै नेपाल बीमा प्राधिकरणबाट शेयर खरिदको अनुमति प्राप्त गरेको थियो। अनुमति पाइसकेपछि कम्पनीले बोलकबोल प्रक्रियामा भाग लिएर शेयर खरिदमा आफ्नो दाबी पेश गरेको थियो।

सम्झौता सम्पन्न भएपछि हबिब बैंकका प्रतिनिधिहरूले नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिन हिमालयन बैंकलाई पत्र पठाउने प्रक्रिया अघि बढाएका छन्।

हबिब बैंकले आफ्नो १२.९३ प्रतिशत हिस्सेदारी करिब २ करोड ८० लाख १२ हजार ४४८ कित्ता शेयर प्रति शेयर ११२ रुपैयाँ ८० पैसामा बिक्रीको प्रस्ताव राखेको थियो। नेशनल लाइफ इन्स्योरेन्सले यसलाई प्रति शेयर ११८ रुपैयाँ ८० पैसामा खरिद गर्ने प्रस्ताव अघि सारेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*