जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता ६ अर्ब ७७ करोड, प्रभु महालक्ष्मी र सन नेपालको सबैभन्दा कम

९ भाद्र २०८२, सोमबार १२:२५

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा दावी दावी बक्यौता उच्च अंकले बढ्दै गएको छ । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले बीमितहरुलाई दिनुपर्ने दावी बक्यौता ५४.८९ प्रतिशतले बढेको छ ।

सञ्चालित जीवन बीमा कम्पनीहरुले प्रकाशितको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता ६ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुको यस्तो बक्यौता रकम चार अर्ब ३७ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौताको अवस्था सन्तोषजनक रहेको छैन् । नेपाल बीमा प्राधिकरणले पनि पटक–पटक समयमै सरल र सहज रुपले बीमा दावी भुक्तानी दिन निर्देशन दिदै आएको छ । १४ जीवन बीमा कम्पनीहरुको टाउँको अर्बौ रुपैयाँको बीमा दावी बक्यौताको भार रहेको छ ।

समीक्षा अवधिमा मेट लाइफ नेपाल, आइएमई लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरुले बीमा दावी बक्यौताको आकार क्रमशः घटाउदै लगेका छन् । जसले कम्पनीको बीमा दावी भुक्तानीको अवस्था निकै सहज र सरल रहेको पुष्टि गर्दछ ।

समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको बीमा दावी बक्यौता उच्च अंकले बढेको छ । कम्पनीको बीमा दावी बक्यौता अघिल्लो आवको तुलनामा २४३ प्रतिशतले बढेर दुई अर्ब दुई करोड २४ लाख रुपैयाँ रहेको छ ।

साथै, दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको बीमा दावी बक्यौता २० प्रतिशतले बढेर दुई अर्ब ५१ लाख रुपैयाँ रहेको छ । तेस्रो नम्बरमा रहेको एलआइसी नेपालको बीमा दावी बक्यौता पनि १४४ प्रतिशतले बढेर ९९ करोड २७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा मेट लाइफ इन्स्योरेन्सको ५१ करोड ६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ४१ करोड ६४ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ३२ करोड ३० लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको १४ करोड २९ लाख रुपैयाँ बीमा दावी बक्यौता रहेको छ ।

साथै, सिटिजन लाइफ इन्स्योरेन्सको १२ करोड ४८ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको नौ करोड ४८ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको सात करोड १८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड चार लाख रुपैयाँ, सन नेपाल लाइफको दुई करोड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एक करोड ९६ लाख रुपैयाँ बीमा दावी बक्यौता रहेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको वित्तीय विवरण भद्रगोल छ । कम्पनीले लामो समयदेखि अडिट नगरेको भएर हालसम्म कति रुपैयाँ बीमा दावी बक्यौता रहेको छ भन्ने समते थाहा नभएपटि उक्त रकम उल्लेख नै गरिएको छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*