पर्सा, कावासोती र दमौलीमा मेटलाइफले खोल्यो एजेन्सी अफिस

काठमाडौं । मेटलाइफले गत हप्ता पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस उद्घाटन गरेको छ। कम्पनीले हजारौं घरपरिवारलाई विश्वासिलो वित्तीय परामर्श र बीमा सेवामा अझ सजिलो पहुँच उपलब्ध गराउने उद्देश्यका साथ अफिस खोलिएको बताएको छ।
जीवन बीमा वित्तीय सुरक्षाका लागि झन् आवश्यक बन्दै गएको बेला मेटलाइफले परिवार र व्यवसायहरूलाई थप सुरक्षा सहज बनाउन सार्थक कदमहरू चालिरहेको जनाएको छ।
मेटलाइफका अनुसार देशका विभिन्न क्षेत्रहरूमा बीमा सेवाहरूको पहुँच विस्तार गर्र्दैै मेटलाइफले अझ धेरै परिवारलाई सुरक्षित भविष्यको योजना बनाउन, प्रियजनलाई सुरक्षित राख्न र जीवनका अनिश्चितता विरुद्ध वित्तीय प्रतिरोधात्मक क्षमता बलियो बनाउनेछ। नयाँ अफिसहरूले बीमा सेवा मात्र प्रदान गर्ने नभई यसले स्थानीय स्तरमा रोजगारका अवसर पनि सिर्जना गर्ने र वित्तीय सुरक्षा क्षेत्रमा अर्थपूर्ण करियर बनाउन मानिसहरूलाई सक्षम पार्नेछ।

यस अवसरमा मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने, “पर्सा, कावासोती र दमौलीमा हाम्रो ढोका खोल्नु केवल सञ्जाल विस्तार मात्र होइन यो बीमा सुरक्षालाई मानिसहरूको दैनिक जीवनमा नजिक ल्याउने हाम्रो संकल्प हो। हामी यहाँ उपस्थित रहँदा मानिसहरूले वित्तीय सुरक्षा पाउन टाढा यात्रा गर्न वा लामो समय पर्खिनु नपरोस् र वहाँहरूले अब मनको शान्ति र दीर्घकालीन वित्तीय सुरक्षा प्राप्त गर्न सकून् भन्ने सुनिश्चित गर्न चाहन्छौं।”













