६ वर्षे योगदानपछि आइएमई लाइफका सर्राफ लुम्बिनी प्रदेश प्रमुखमा सरुवा

१० भाद्र २०८२, मंगलवार २१:१३

वीरगंज — आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेश प्रमुख रविशंकर सर्राफलाई भव्य सम्मानसहित बिदाइ गरेको छ। सर्राफ लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न सरुवा भएर जाने क्रममा आइतबार एक विशेष कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सर्राफले मधेश प्रदेशमा रहँदा कम्पनीको व्यवसायिक हितमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिएको थियो। करिब ६ वर्षको अवधिमा उनले मधेश प्रदेशमा कम्पनीलाई प्रतिस्पर्धात्मक चरणमा पुर्‍याउँदै बीमा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै विशेष सम्मान गरिएको हो।

आई।एम।ई लाइफ इन्स्योरेन्सका अधिकारीहरूले सर्राफको नेतृत्वमा कम्पनीले प्रदेशमा व्यवसायिक दायरा विस्तार मात्र नभई ग्राहक सेवामा पनि विश्वास जित्न सफल भएको बताएका थिए। कम्पनीले सर्राफलाई लुम्बिनी प्रदेशमा व्यवसाय प्रवर्धन र विस्तार गर्ने जिम्मेवारी दिइएको जनाउँदै त्यहाँ पनि उत्तिकै सफल भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।

सो कार्यक्रममा बिरगंज शाखा प्रमुख शिव दास, जितपुर शाखा प्रमुख अनोज कानु, कलैया शाखा प्रमुख नितेश गुप्ता, मघेश प्रदेश की चिफ एजेन्सी म्यानेजर भगवती घिमिरे ज्यु, एजेन्सी म्यानेजरहरु तथा अभिकर्ताहरुले सर्राफले गरेको योगदानको प्रशंसा गर्दै सबैले उपहार तथा मायाको चिनो सँगै प्रदान गरी सर्राफलाई भव्य विदाई गरिएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले बीमा व्यवसायलाई अझै प्रभावकारी बनाउन निरन्तर प्रयास आवश्यक रहेको धारणा राखेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*