जीवन बीमा कम्पनीहरूले वर्षदिनमा खर्चिए २ खर्ब ३३ अर्ब रुपैयाँ, कुन कम्पनीको खर्च कति?

१२ भाद्र २०८२, बिहीबार १२:१५

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) मा २ खर्ब ३३ अर्ब ९० करोड रुपैयाँ कुल खर्च गरेका छन्। अघिल्लो आवमा यी नै कम्पनीहरूले गरेको कुल खर्च २ खर्ब ७ अर्ब २४ करोड रुपैयाँको तुलनमा गत आवमा १२.८६ प्रतिशतले कुल खर्च बढेको हो।

गत आवमा नेपाल लाइफले सर्वाधिक ६४ अर्ब २० करोड रुपैयाँ खर्चिएको छ भने दोस्रोमा एलआईसी नेपालले २९ अर्ब ५५ करोड रुपैयाँ र तेस्रोमा नेशनल लाइफले २७ अर्ब ४२ करोड रुपैयाँ खर्चिएको छ।

त्यसैगरी हिमालयन लाइफले २३ अर्ब ८३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले १४ अर्ब ५२ करोड रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले १३ अर्ब ४ करोड रुपैयाँ र एशियन लाइफले १२ अर्ब २० करोड रुपैयाँ कुल खर्च गरेका छन्।

त्यसपछि सिटिजन लाइफले ८ अर्ब ७७ करोड, सानिमा रियालन्सले ८ अर्ब ३१ करोड, मेटलाइफले ८ अर्ब ६ करोड, आइएमई लाइफले ६ अर्ब ५६ करोड, प्रभु महालक्ष्मीले ६ अर्ब २४ करोड, रिलायबल नेपालले ६ अर्ब २१ करोड र सन नेपालले ४ अर्ब ९० करोड रुपैयाँ कुल खर्च गरेका छन्।

वृद्धिदरको आधारमा
अघिल्लो वर्ष गरेको खर्चको तुलनामा गत वर्ष गरेको खर्च दाँजेर हेर्ने हो भने रिलायबल नेपालले २८.२० प्रतिशत खर्च वृद्धि गरी अग्रस्थानमा रहेको छ। त्यसपछि दोस्रोमा सन नेपाल लाइफले २६.४० प्रतिशत र तेस्रोमा आइएमई लाइफले २२.८८ प्रतिशतले कुल खर्च वृद्धि गरेका छन्।

त्यसैगरी सिटिजनले २१.९५ प्रतिशत, सूर्यज्योतिले २०.३० प्रतिशत, प्रभु महालक्ष्मीले १९.८७ प्रतिशत, नेपाल लाइफले १६ प्रतिशत, सानिमा रिलायन्सले १५.८१ प्रतिशत, मेट लाइफले १३.४२ प्रतिशत, एलआईसीले १०.६४ प्रतिशत, नेशनलले ९.१० प्रतिशत, एशियनले ८.५१ प्रतिशत र हिमालयनले ८.१२ प्रतिशतले खर्च बढाएका छन् भने राष्ट्रिय जीवन बीमाले ६ प्रतिशतले कुल खर्च घटाएको छ।

यो खर्च कम्पनीहरूले गत आवमा गरेको कुल खर्च हो। यसमा तलबभत्ता, सवारीसाधन, घरजग्गा, विभिन्न तालीम तथा गोष्ठी, अभिकर्ता लगायत कम्पनी सञ्चालन गर्न र कामकाज चलाउन आवश्यक पर्ने सम्पूर्ण कुराहरूमा गरेको खर्च समावेश हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*