आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ग्राण्डी अस्पतालमा छुट

१२ भाद्र २०८२, बिहीबार १३:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गराएका बीमित, कम्पनीका अभिकर्ता र कार्यरत् कर्मचारीहरूले ग्राण्डी अस्पतालमा छुट पाउने भएका छन्।

आइएमई लाइफ र ग्राण्डी अस्पतालबीच भएको सम्झौता अनुसार उक्त अस्पतालबाट उपचार सेवा लिंदा १० प्रतिशत छुट पाउने भएका हुन्। साथै वेलनेस प्याकेजमा विशेष सहुलियत दिइने पनि सम्झौता भएको कम्पनीले जानकारी दिएको छ।

छुट सुविधा पाउनका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आइएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाउन पर्नेछ भने अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*