साताको अन्तिम कारोबारमा २४ बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिमा झर्‍यो ?

१२ भाद्र २०८२, बिहीबार १६:३२

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८२ विन्दुमा कायम भएको छ । जसमा २४ वटा कम्पनीहरुको मात्र शेयरमूल्य बृद्धि भएको छ ।

बीमा समूहका दुई उपसूचक मध्ये जीवन बीमा समुह १.६५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.०१ प्रतिशतले बढेको छ । आज पाँच बीमा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । जसमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य ३.१९ प्रतिशलते बढेर ८४४.२६ रुपैयाँ पुगेको छ ।

बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.०८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.८२ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.६७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

जीवन बीमा कम्पनीहरुः
एशियन लाइफको २.३७ प्रतिशत, सिटिजन लाइफको १.६२ प्रतिशत, गार्डियन माइक्रो लाइफको ३.२० प्रतिशत, हिमालयन लाइफको २.०९ प्रतिशत, आइएमई लाइफको १.२० प्रतिशत, एलआइसी नेपालको ०.६१ प्रतिशत, नेपाल लाइफको १.१३ प्रतिशत, नेशनल लाइफको २.२९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.२६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.९० प्रतिशत, सूर्यज्योति लाइफको १.६६ प्रतिशत, सन नेपाल लाइफको १.२५ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.०७ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा कम्पनीहरुः
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.३४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ३.२४ प्रतिशत, आरबीसीएलको ०.६० प्रतिशत, सानिमा जिआइसीको २.२४ प्रतिशत, शिखरको १.१६ प्रतिशत, युनाइटेड अजोडको १.४० प्रतिशत, हिमालयन रि को २.१७ प्रतिशत र नेपाल रि को २.४३ प्रतिशतल घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*