जीवन बीमा कम्पनीद्वारा साउनमा १६ अर्ब नविकरण बीमा शुल्क आर्जन, अग्रस्थानमा नेपाल र नेशनल

१३ भाद्र २०८२, शुक्रबार १४:०७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा १६ अर्ब ३८ करोड ८ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको १४ कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा नविकरण बीमा शुल्क आर्जन ४.१० प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।

जीवन बीमामा आम बीमितहरुले लिएका बीमा पोलिसीहरुको वार्षिक तथा अर्धवार्षिक रुपमा नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था र बीमा पोलिसीको शर्तको आधारमा पोलिसी लिएका बीमितहरुले तोकिएको शुल्क बुझाएर आफ्नो पोलिसी नविकरण गरेको हुनुपर्ने हुन्छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स, नेशनल र एलआइसी नेपालको नबिकरण बीमा शुल्क आर्जन सबैभन्दा बढी रहेको छ । साथै, आइएमई लाइफ, सुर्यज्योति लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल्क आर्जन सवाधिक प्रतिशतले बढेको छ ।

साथै, साउन महिनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ९.२९ प्रतिशतले घटेको छ । साउनमै एलआइसी नेपालको बीमा पोलिसी नविकरण २.७४ प्रतिशतले घट्न पुगेको छ । बीमा पोलिसी नविकरण नहुनु भनको बीमितहरुले बीमा पोलिसी सरेण्डर गर्न खाजेको अर्थात क्षमता भन्दा बढीको पोलिसी लिएर आर्थिक परिस्थितीले धान्न नसकेको भन्ने बुझिन्छ ।

साउन महिनामा आइएमई लाइफको १२.८८ प्रतिशत, सूर्यज्योति लाइफको १०.८३ प्रतिशत, रिलायबल नेपाल लाइफको ८.९५ प्रतिशत, नेशनल लाइफले ८.६४ प्रतिशत, सन नेपाल लाइफको ८.४२ प्रतिशतले नविकरण बीमा शुल्क बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*