ब्यवसाय विस्तारमा आक्रामक लघु जीवन बीमा, साउनमा १०८%ले बढ्यो कुल बीमाशुल्क आर्जन

काठमाडौँ । लघु जीवन बीमा कम्पनीहरुले एक महिनामा नै साढे ७ करोड कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार हाल सञ्चालनमा रहेका ३ लघु जीवन बीमाले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो महिना अर्थात साउनमा ७ करोड ७३ लाख १५ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।
कम्पनीले आर्जन गरेको कुल बीमाशुल्क आर्जन गत आर्थिक वर्ष २०८१।०८२ को साउनको तुलनामा भने १०८.९५ प्रतशितले बढी हो । गत आर्थिक वर्षको साउनमा जीवन लघुबीमा कम्पनीले ३ करोड ७० लाख रुपैयाँको ब्यवसाय गरेका थिए ।
यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । साउनमा कम्पनीले ३ करोड २६ लाख रुपैयाँको ब्यवसाय गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा ७३.२१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा कम्पनीहरुले १ करोड ८८ लाख रुपैयाँको ब्यवसाय गरेको थियो ।
त्यस्तै, लिबर्टी माइक्रो लाइफको ब्यवसाय समेत ४१८ प्रतिशतले बढेर २ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको साउन भने कम्पनीको ब्यवसाय ५१ लाख रुपैयाँ रहेको थियो ।
साथै, क्रेष्ट माइक्रो लाइफकोे ब्यवसायी ३७.२० प्रतिशतले बढेर १ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय १ करोड २९ लाख रुपैयाँ रहेको थियो ।














