बीमा योजनाको पूर्ण अवधिको भुक्तानी रकम बुझिलिन नेपाल लाइफको अनुरोध

१५ भाद्र २०८२, आईतवार १०:१४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम बुझिलिन अनुरोध गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै बीमित तथा हकवालालाई उक्त रकम लिन आग्रह गरेको हो ।

कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजनाअन्तर्गत बीमालेख लिएका तर योजनाबमोजिम रकम लिने समय भईसक्दा समेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएकालाई आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*