यस्तो देखियो रिलायबल नेपाल लाइफको आठौं वार्षिकोत्सव (तस्विरहरु)

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाएको छ । कम्पनीले आज विहान काठमाडौंमा प्रभातफेरी आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
प्रभातफेरी कार्यक्रममा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी, डेपुटी सिईओमा दिपेश बाबु तिवारी, एसिस्टेन्ट जनरल म्यानेजर शैलेन्द्र श्रेष्ठ, चिफ मार्केटिङ–अन्डरराईटिङ कल्यान राज हल्वाई, विभिन्न स्थानका शाखा प्रमुख, अभिकर्ता लगायतको बाक्लो सहभागिता रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरुको सहभागितामा केक काटेर वार्षिकोत्सव मनाएका छन् । कार्यक्रममा सहभागि कर्मचारी र अभिकर्ताहरुले उत्साहपूर्ण तरिकाले कार्यक्रम प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन् ।
तस्विरहरु

























