विकास हाईड्रोपावरद्वारा चौथों वार्षिक सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव

१६ भाद्र २०८२, सोमबार ०८:१०

काठमाडौं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालनक समितिको भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा असोज १० गते काठमाण्डौको नयाँबजारमा रहेको सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१–८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१–८२ सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने, सञ्चालक समितिले गरेका कार्य तथा निर्णयहरु अनुमोदन गर्ने र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन पारित गरिनेछ ।

सभामा कम्पनीको नियमावलीमा भएको व्यवस्थाबमोजिम सर्वसाधारण समूहतर्फको ३ जना सञ्चालकको निर्वाचन गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*