अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर कारोबार रोक्का, के हो कारण ?

१६ भाद्र २०८२, सोमबार १४:२३

काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावरको सञ्चालक समितिले २०८२ भदौ ११ गते बसेको बैठकमा बार्षिक साधारण सभासम्बन्धी निर्णय गरेको भए पनि उक्त निर्णय नेप्सेमा भदौ १६ गते मा मात्र पुगेको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को नियम २२ (१) अनुसार, धितोपत्र मूल्यमा असर पार्ने सूचना, जानकारी वा निर्णय उत्पन्न भएमा सम्बन्धित सूचीकृत संस्थाले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेलाई पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

कम्पनीले यस नियमको पालना नगरेको भन्दै नेप्सेले भदौ १६ गतेबाट अप्पर स्याङ्गे हाइड्रोपावरको धितोपत्र कारोबार स्थगित गरेको छ। साथै कम्पनीलाई ३ कार्यदिन भित्र, समयमै जानकारी पेश गर्न नसकिएको कारण र सञ्चालक समितिको निर्णयको छायाँकपीसहित स्पष्टिकरण बुझाउन निर्देशन दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*