लघुवित्त र वाणिज्य बैंकका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
१६ भाद्र २०८२, सोमबार १५:१५

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.९१ अंकले बृद्धि भएर २७६२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारबढेसँगै सोमबार १४२ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य आज ६.०७ प्रतिशतले बृद्धि भएको छ ।
साथै, स्ट्याण्डर्ड चार्टड बैंकको ४.०८ प्रतिशत, सिद्धार्थ बैंकको ३.२८ प्रतिशत, महिला लघुवित्तको ३.२१ प्रतिशत, विजय लघुवित्तको ३.१० प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













