नेचुरल स्प्रिट्स नेपालले १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने

१६ भाद्र २०८२, सोमबार १५:४१

काठमाडौं । नेचुरल स्प्रिट्स नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

कम्पनीले निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । नेचुरल स्प्रिट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेचुरल स्प्रिट्स नेपाल लिमिटेड विसं २०७१ मङ्सिर १४ गते मा स्थापना भएको नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*