पहिलो दिनमा नै बुङ्गल हाइड्रोको आईपीओमा ७२ करोड संकलन, कतिले दिए आवेदन ?

१६ भाद्र २०८२, सोमबार १७:१५

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा पहिलो दिनमा नै ७२ करोड ८ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात् भदौ १६ गते साँझ ५ः०७ बजेसम्ममा ६ लाख ३६ हजार ४८७ जनाले ७२ लाख ८ हजार ३६० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*