पुँजी बृद्धि र हकप्रद प्रस्तावसहित नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले डाक्यो वार्षिक सभा

१७ भाद्र २०८२, मंगलवार ०७:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकको निर्णयले सभा असोज ८ गते काठमाण्डौको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजे हुने भएको हो ।

सभामा सञ्चालक समितिको निर्णयबमोजिम विद्यमान अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब पुर्याउने,शेयरधनीहरुलाई १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने र हकप्रद शेयर जारीपश्चात हुने शेयर संरचनाबमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यस्तै सभामा आव २०८१–८२ को वार्षिक प्रतिवेदन तथा उक्त आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*