हिमस्टार उर्जाको शेयरमा सकारात्मक सर्किट, २९ कम्पनीको बढ्यो मूल्य

१७ भाद्र २०८२, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.७६ अंकले घटेर २७४४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका जम्म २९ वटा कम्पनीहरुको मात्र शेयरमूल्य बृृद्धि भएको छ । मंगलबार हिमस्टार उर्जा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको आज ९.९८ प्रतिशतले शेयरमूल्य बढेर प्रतिकित्ता २६ रुपैयाँले बढेर २९४ मा कारोबार भएको छ ।

साथै, युनियन हाइड्रोपावर, कुमारी धनबृद्धि योजना, रिलायबल समृद्धि योजना, धौलागिरी लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*