बरुण हाईड्रोपावरको हकप्रद बाँडफाँड सम्पन्न, ७५५ जनाले पाए ५१ लाख कित्ता शेयर

१८ भाद्र २०८२, बुधबार ०७:५८

काठमाडौं । बरुण हाईड्रोपावरको हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म जारी गरेको हकप्रद भदौ १७ गते बाँडफाँड गरेको हो ।

कम्पनीले गत जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने २८ हजार ७५५ जना शेयरधनीलाई ५१ लाख १९ हजार ७०७ कित्ता हकप्रद बाँडफाँड गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

यसरी कम्पनीको २ लाख ३८ हजार ४४३ कित्ता हकप्रद भने बिक्री हुन सकेन । कम्पनीले उक्त अवितरित हकप्रद शेयर लिलामीमार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*