‘हिमालयन ८०–२०’ को बुक क्लोजको मिति भदौ २६ गते

१९ भाद्र २०८२, बिहीबार १०:२९

काठमाडौं । हिमालयन क्यापिटल योजना व्यवस्थाप रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ को गत आव २०८१–८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ यही भदौ २७ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ भदो २६ गतेभित्र नेप्सको प्रणालीमा कारोबार भई कायम हुने इकाइधनीहरुले मात्र घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

‘हिमालयन ८०–२०’का इकाइधनीहरुलाई १६.१६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने घोषणा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*