नेप्सेको नयाँ अध्यक्षमा हेमन्त बस्याल, ३ वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हाल्ने
२० भाद्र २०८२, शुक्रबार १७:०६

काठमाडौं । लामो समयदेखि अध्यक्षविहीन अवस्थामा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ नेतृत्व पाएको छ । सरकारले हेमन्त बस्याललाई मन्त्रीस्तरीय निर्णयमार्फत ३ वर्षे कार्यकालका लागि नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो।
शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएपछि नेप्सेमा अध्यक्ष पद खाली रहँदै आएको थियो । बस्यालको नियुक्तिसँगै लामो समयको प्रतीक्षा अन्त्य भएको छ।
हालैसम्म बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। उनले केही दिनअघि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। करिब दुई वर्षअघि सो कम्पनीको सीईओ बनेका बस्यालले कम्पनीलाई महत्त्वपूर्ण चरणसम्म पुर्याएका थिए।












