साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २७८१।०० विन्दुमा बन्द भएको नेप्से, यस साता २।२० प्रतिशत अर्थात ६१।२३ अंक घटेर २७१९।७७ विन्दुमा झरेको छ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने ४ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।
स साता सेन्सेटिभ इण्डेक्स ७।८५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४।०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।५६ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब १० करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१।०४ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ९।२२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २६।३६ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशतभन्दा बढी बढेको छ। गत साताको
अन्तिम कारोबार दिन ४६ खर्ब ४७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब रुपैयाँ घटेर ४५ खर्ब ४७ अर्ब ४६ खर्ब रुपैयाँमा सीमित भएको छ।
यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३।२८ प्रतिशत घटेको छ। गत साता ३५६०।२१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११६।९५ अंक घटेर ३४४३।२६ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २९३।१२ अंक घटेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०।१५ प्रतिशत घटेको छ।












