आरबिबि फोकस ४० मा खरिद आवेदन दिने समय लम्बियो, अब असोज १ गतेसम्म दिन सकिने

काठमाडौं । आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरेको छ । संस्थाले भदौ १८ गतेदेखि आवेदन खुला गरेको थियो ।
आरबिबि मर्चेन्ट बैंकिङ्गले निष्काशनमा ल्याएको प्रतिइकाई १० रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई खरिदका लागि अब असोज १ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
आरबिबि फोकस ४० मा न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
उक्त योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। १२ वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।












