डेडिकेटेड लाइनको बक्यौता उठाउने ऊर्जा मन्त्री घिसिङको उद्घोष

३० भाद्र २०८२, सोमबार १५:२०

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्।

मन्त्री घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद भइरहेकामा स्मरण गर्दै भने, ‘अब यो समस्या समाधान हुने दिशामा अघि बढ्नेछ।’

उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले गत चैत्रमा कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। अहिले प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रहेका छन्।

मन्त्री घिसिङले पदभार ग्रहणका क्रममा देशलाई सही दिशातिर अघि बढाउन, समृद्धि र राजनीतिक स्थिरता सुनिश्चित गर्नुपर्ने चुनौती स्वीकार गरेको पनि बताए।

उनले राष्ट्रका होनहार युवाहरू गुमाउनुपरेको प्रसङ्ग उठाउँदै, ‘उनीहरूको साहसले परिवर्तनको जग बसाएको छ’ भन्दै युवाप्रति सम्मान व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*