आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५०% सम्म छुट
५ आश्विन २०८२, आईतवार १८:०६

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा स्केलिङमा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । साथै डेन्टलका अन्य सेवामा–चेकअप तथा उपचार सेवा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app)मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।













