राजिनामा गर्छु भनेर हिडेका नेपाल पुनर्बीमा कम्पनीका सिईओ तीन दिनदेखि बेपत्ता
७ आश्विन २०८२, मंगलवार १८:२९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा तीन दिनदेखि कार्यालय नगई बेपत्ता भएर भागेको खुलेको छ । उनले मौखिक रुपमा सञ्चालक समिति समक्ष राजिनामा गरिसकेका छन् । तर, लिखित रुपमा राजिनामा नगरेको बुझिएको छ ।
चार दिन पहिले सञ्चालक समितिको बैठकमा सिईओ थापाले ‘राजिनामा गर्छु, अब आउदिन’ भनेर हिडेका थिए । त्यसपछि उनी सम्पर्क विहिन भएको कम्पनी स्रोतले जनाएको छ । कम्पनीका एक कर्मचारीले बीमापोष्टलाई दिएको जानकारी अनुसार सिईओ थापा तीन देखि विदा समेत नलिई, स्वीकृत नगरी अनुपस्थित रहँदै आएका छन् ।
नेपाल पुनर्बीमा कर्मचारी युनियनले सिईओ थापाको हर्कतका विरुद्धमा ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको बुझिएको छ । बीमापोष्टले सिईओ थापासँग घटनाबारे जिज्ञाशा राख्न खोज्दा पनि सम्पर्कमा आउन चाहेनन् ।













