चार लघुबीमकद्वारा साढे १६ करोड बीमा शुल्क आर्जन, प्रोटेक्टिभको सर्वाधिक
९ आश्विन २०८२, बिहीबार १७:३२

काठमाडौं । नेपालमा सञ्चालित लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा १६ करोड ५० लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चार लघु निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
चालु आवको भदौ महिनासम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कुल चार करोड ३५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । सो कम्पनी व्यवसाय विस्तारमा आक्रामक बन्दै गएको छ ।

साथै, नेपाल माइक्रो इन्स्योरेन्सले चार करोड २४ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले चार करोड २० लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले तीन करोड ७० लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।













