सिजि मोटर्सले भित्र्याएको ‘सिजी केवाईसी’ ईभी माइक्रोबस फेरि दुर्घटना, बैतडीमा भयो यस्तो घटना

१३ आश्विन २०८२, सोमबार १०:५६

धनगढी । चौधरी ग्रुप अन्तगर्तको सिजि मोटर्सले नेपाल भित्र्याएका विद्युतीय (ईभी) माइक्रो बस कति कमजोर गुणस्तरका छन् भन्ने पुनः फेरी पृष्टि भएको छ । सीजि मोटर्सले नेपालमा ल्याएका ‘सिजी केवाईसी ईभी माइक्रो’ बैतडीमा फेरी भयानक दुर्घटनामा परेको हो ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–७ भञ्ज्याङमा ‘सिजी केवाईसीे’ दुर्घटनामा पर्दा १० जना यात्रु घाइते भएका छन् । कैलालीको धनगढीबाट बैतडी र बझाङ तिर जाने सुदूरपश्चिम प्रदेश ००१ ज ०६२० नम्बरको उक्त माइक्रो बसमा दशैं मनाउन घर फर्किरहेका यात्रु सवार थिए । यस दुर्घटनाले फेरि एकपटक सिजी मोटर्सले नेपालमा ल्याएका माइक्रो बसहरूको प्राविधिक क्षमता, गुणस्तर र यात्रु सुरक्षामाथि गम्भीर सवाल खडा गरेको छ । यात्रुको सहज, सुरक्षित र दिगो यात्राको नाममा बजारमा ल्याइएका भनिएका यी सवारी साधन अहिले जीवन मरणको जोखिम बोकेको माध्यममा परिणत भइरहेका छन् ।

यसअघि पनि काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा सिजी मोटर्सले बिक्री गरेको माइक्रो बसहरू निरन्तर दुर्घटनामा पर्दै आएका तथ्य सार्वजनिक भइसकेका छन् । ‘किङलङ ईभी माइक्रो’ नाममा बजारमा ल्याइएका मोडलहरू विशेषगरी बढी दुर्घटनामा पर्ने सूचीमा अग्रस्थानमा रहेका छन् । वातावरणमैत्री, आकर्षक डिजाइन र आधुनिक प्रविधिको नाममा प्रचार गरिए पनि वास्तविक यात्रु अनुभव र सडकमा देखिएका परिणामले भने यसको उल्टो तस्बिर प्रस्तुत गरिरहेका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेका पछिल्ला तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्र २६७ वटा विद्युतीय भ्यान दुर्घटनामा परेका छन् । यीमध्ये सबैभन्दा बढी दुर्घटनामा पर्नेतर्फ सिजी मोटर्सले आयात गरेका माइक्रो बसहरू र अर्को ब्रान्ड एसआरएम रहेको देखिएको छ । यसले बजारमा विद्युतीय माइक्रो बसप्रतिको विश्वास घटाउने मात्र नभई कम्पनीकै ब्रान्ड छविमा प्रश्न उठाएको छ ।

निरन्तर दुर्घटना पर्ने थालेपनि बिक्रेता कम्पनी भने घटना ढाकछोप गर्ने गरेको छ । बीमापोष्टकर्मीले समेत बेला बेला दुर्घटनाको सवालको प्रश्न उठाउदा कम्पनी उत्तरबिहिन हुने गरेको छ । जसले कम्पनीको ब्रान्ड माथि थप शंका पैदा गरेको छ ।

‘सिजी केवाईसी’ ईभी माइक्रोबस सिन्धुलीको दधौलीस्थित मकैबारीमा उत्तान्टाङ

सुरुवातमै यी माइक्रो बसहरू ‘आकर्षक, आधुनिक र वातावरणमैत्री’ भएको भन्दै सिजी मोटर्सले ठूलो स्तरमा प्रचारप्रसार गरेको थियो । तर छोटो समयमै यी बसहरूले सञ्चालन क्षमता र सुरक्षासम्बन्धी गम्भीर कमजोरीहरू देखाउन थाले । यात्रु र चालक दुवैको अनुभवअनुसार यी गाडीमा ‘ब्रेक नलाग्ने समस्या’ बारम्बार देखिन्छ । यसको अतिरिक्त ब्याट्री रेन्ज कम्पनीले दाबी गरेको जस्तो नपुग्ने, छिट्टै सकिने, चिप्लिने समस्या, कमजोर ग्रिप र कहिलेकाहीँ पूर्ण रूपमा नियन्त्रण गुम्ने अवस्था आउने गरेको गुनासो भइरहेका छन् ।

प्रायः दुर्घटनामा संलग्न चालकहरूले आफूभन्दा गाडीको कमजोरी नै मुख्य कारण भएको बयान दिएका छन् । चालक स्वयंले कतिपय घटनामा ब्रेक नै नलाग्ने, रेन्ज तत्कालै सकिने वा गाडी सडकमा नियन्त्रणविहीन हुने अवस्था सिर्जना हुने गुनासो गर्दै आइरहेका छन् ।

निरन्तर दुर्घटनामा पर्दै किङलङ ईभी माइक्रो, गुणस्तर र सुरक्षा सवालले अटो बजारमै उठायो प्रश्न

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*