एशियन लाइफको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा भयो बिक्री?

२२ आश्विन २०८२, बुधबार ०७:०९

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २२ देखि असोज ५ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको शेयर बाँडफाँड गरेको छ।

कम्पनीले संस्थापक समूहतर्फको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४३७.९१ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राखेको थियो।

बिक्री अवधिभर प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरू असोज १० गते खोली असोज २० गते बिक्री प्रबन्धक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडको सञ्चालक समितिले बाँडफाँड गरेको हो।

बाँडफाँडको अन्तिम मूल्य (कटअफ प्राइस) संस्थापक समूहतर्फ १०५.५० रुपैयाँ र सर्वसाधारण समूहतर्फ ४२२.५० रुपैयाँ कायम भएको छ। कम्पनीले उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरेको जनाएको छ।

साथै बाँडफाँडमा नपरेकाहरूको रकम असोज २२ गते (आजदेखि) बैंक खातामा फिर्ता पठाइने पनि कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*