विवाहमा भतिजीलाई दाइजोको रूपमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ लगायतका अवसरहरूमा बीमा पोलिसी उपहार दिने प्रचलन दिन प्रतिदिन बढ्दै गइरहेको छ। यसैको थप एक उदाहरणस्वरूप चितवनमा काकाले आफ्नो भतिजीको विवाहमा दाइजो स्वरूप बीमा पोलिसी उपहार दिएका छन्।
चितवनको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखामा कार्यरत एजेन्सी म्यानेजर लक्ष्मण गौतमले आफ्नो दाजुकी छोरी (भतिजी) लाई विवाहको अवसर पारेर दाइजो स्वरूप बीमा पोलिसी उपहार हस्तान्तरण गरेका हुन्।
भरतपुर महानगरपालिका वडा नम्बर १० ज्ञानदर्शन टोल निवासी बधु सबिना गौतम र क्यानडा टोरन्टो निवासी वर करण सिंहको वैवाहिक कार्यक्रममा गौतमले बीमा पोलिसी दिएका हुन्। गौतमले भतिजीको जीवन सुरक्षाका साथै भविष्यमा आइपर्ने आर्थिक समस्यालाई केही हदसम्म समाधान हुने बताउँदै सिटिजन लाइफको १५ वर्षे सिटिजन शुभारम्भ योजना छनोट गरी उपहार दिएको बताएका छन्।
विवाह भइरहेको स्थानमा बेहुलीका आफन्तजनले टीका लगाउँदै नगद रकम दिइरहेका बेला बेहुलीका काकाले बीमा पोलिसी हस्तान्तरण गर्दा जन्तीहरू पनि दंग परेका थिए। बीमा पोलिसी हस्तान्तरणपछि बेहुलीले आफ्नो भविष्यलाई मध्यनजर गर्दै बीमा पोलिसी दिएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।
पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन दैनिक बढेको र यस्ता किसिमका उपहारले समाज परिवर्तनमा उल्लेख्य भुमिका खेल्ने सिटिजन लाइफ नारायणगढका प्रमुख गोकर्ण बहादुर कार्कीले बताए। होटेल तथा रेस्टुरेन्टहरूमा लाखौं खर्च गरी विभिन्न उत्सवहरू मनाउनुको साटो बीमा पोलिसी उपहार दिने प्रचलनले समाजमा सुरक्षा सहितको बचत गर्ने प्रवृत्तिको विकास हुने उनको भनाइ छ।
पछिल्लो समय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी हरेक क्षेत्रमा आम नेपालीको पहिलो रोजाईको बीमा कम्पनी बनिरहेको अवस्थामा विश्वसनीयता, सरलता र विभिन्न रोगको उपचार खर्चका साथै अतिरिक्त सुविधासहितका लोकप्रिय बीमा योजना उत्कृष्ट रहेका छन्।













