हिमालयन लाइफका मनोज कुमार लाल कर्णले दिए राजीनामा

२७ आश्विन २०८२, सोमबार १६:१२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले राजिनामा दिएका छन् । सिईओ कर्णले बीमा अभिकर्ताहरुको अनुचित माग पुरा गर्नुको साटो राजिनामा दिने निर्णय गरेको बताए ।

हिमालयन लाइफमा केही समयदेखि बीमा अभिकर्ताहरुले बोनसदर कम्तीमा ५० रुपैयाँ वा सो भन्दा बढि हुनुपर्ने माग सहित आन्दोलन गर्दै आएका थिए । सिईओको राजीनामा माग गर्दै सोमबार देखि आन्दोलनमा उत्रिएकोमा कार्यालय समेत जाने अवस्था नभएपछि आज राजिनामा दिएका हुन् । सोमबार उनीहरुले सिईओ सहित कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

यसअघिको युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बनेको हो । कर्ण यसअघि युनियन लाइफ इन्स्योरेन्सको सिईओको रुपमा काम गर्दै आईरहेका थिए । कम्पनीको आजको अवस्थासम्म आउनुको मुख्य श्रेय सिईओ कर्णलाई नै जान्छ । डुबेको अवस्थामा रहेको गुराँस लाइफ समेतलाई मर्जरमार्फत हिमालयन लाइफमा समाहित गरेर अघि बढाएका थिए ।

जीवन बीमा कम्पनीमा बीमितहरुले पाउने बोनसदर निकै महत्वपूर्ण हुन्छ । यद्यपि बोनसदर निर्धारण गर्ने कार्यमा सिईओको कुनै भूमिका हुँदैन । कम्पनीको वित्तीय अवस्था, लगानीबाट प्राप्त प्रतिफलको अवस्थाका आधारमा बीमाङ्कीय मूल्याङ्कनको क्रममा बोनसदर निर्धारण गरिएको हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*