दशैं-तिहारमा सिप्रदीको चमकः ५७७ टाटा गाडीको डेलिभरी, पन्च ईभी मात्रै १७७ युनिट बिक्री

११ कार्तिक २०८२, मंगलवार १२:३६

काठमाडौँ । दशैं–तिहारको समयमा सिप्रदी ट्रेडिङले नेपाली अटो बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीले चाडपर्वको बेला कुल ५७७ युनिट सवारी साधन ग्राहकलाई डेलिभरी गर्दै बजारमा आफ्नो सशक्त उपस्थिती देखाएको हो ।

चाडपर्वको अवसरमा कम्पनीले ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गर्दै ग्राहकलाई विविध आकर्षक सुविधा प्रदान गरेको थियो । उक्त अफरअन्तर्गत टाटा गाडी खरिद गर्ने ग्राहकले जीवनभरका लागि निःशुल्क डीसी फास्ट चार्जिङको सुविधा पाएका थिए । त्यससँगै कम्पनीले निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, बीमा कवरेज, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र विभिन्न एक्सेसोरिज उपहारसमेत उपलब्ध गराएको थियो । साथै, लक्की ड्रमार्फत भाग्यशाली ग्राहकलाई माल्दिभ्सको कपल ट्रिप जित्ने अवसरसमेत दिइएको थियो ।

सिप्रदीले यस चाडपर्वमा विभिन्न मोडेलका टाटा गाडीहरू बजारमा आपूर्ति गरेको छ । कम्पनीका अनुसार एक्सप्रेस टी का १९० युनिट, पन्च ईभीका १७७ युनिट, टियागो ईभीका १२० युनिट, कर्भ ईभीका २० युनिट, नेक्सन ईभी के–३ का ५० युनिट र इन्धन प्रयोग गर्ने गाडीका २० युनिट गरी कुल ५७७ गाडी ग्राहकलाई हस्तान्तरण गरिएको हो ।

पछिल्लो समय टाटाका गाडी नेपालमा लोकप्रिय बन्दै गएका छन् । इभी सेग्मेन्टमा उत्कृष्ट रेञ्ज, आकर्षक डिजाइन, अत्याधुनिक फिचर र विश्वसनीय प्रदर्शनका कारण टाटा गाडीप्रति ग्राहकको विश्वास निरन्तर बढ्दो छ ।

नेपालमा टाटा गाडीको लोकप्रियता बढ्नुको पछाडि कम्पनीको सशक्त बिक्रीपछिको सेवा, चार्जिङ सुविधाको विस्तार र ग्राहक–केन्द्रित अफरहरूको महत्वपूर्ण भूमिका रहेको छ । काठमाडौंसहित देशभरका शाखा तथा डिलर नेटवर्कमार्फत सिप्रदीले सहज सेवा उपलब्ध गराउँदै आएको छ, जसले ग्राहकहरूको टाटाप्रतिको आकर्षण अझ गहिरो बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*