प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
१२ कार्तिक २०८२, बुधबार ०७:०५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो।
यदि कुनै संस्थापक शेयरधनीले उक्त शेयर किन्न चाहेमा आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको समयावधिभित्र कम्पनीका संस्थापक शेयरधनीबाट सो शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।













