हिमालयन लाइफको सिईओमा कपिल कुमार दाहाल नियुक्त

१२ कार्तिक २०८२, बुधबार १८:२५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा कपिल कुमार दाहाल नियुक्त भएका छन् ।

कम्पनीको आज बसेको संचालक समितिले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाललाई सिईओमा नियुक्त गरेको हो ।

यसअघिका कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै उनको स्थानमा सोही कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कामु सीईओमा नियुक्त गरिएको थियो ।

यसअघि कम्पनीको असोज २७ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले अर्काे सीईओ नियुक्ति नभएसम्मका लागि कार्यबाहक सीईओको हैसियतमा कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज सम्हाल्दै आईरहेका दाहाललाई सिईओको जिम्मेवारी दिएको हो ।
यसअघिका सीईओ मनोज लाल कर्णले कर्मचारी र अभिकर्ताहरूको आन्दोलनका कारण आफ्नो पदबाट राजीनामा बुझाएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*