नेशनल लाइफले शेयर किन्दा हिमालयन बैंकको सर्वाधिक कारोबार, यी १०मा झुम्मिए लगानीकर्ता

१३ कार्तिक २०८२, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६०० को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ । आज विभिन्न सेक्टरका ३१९ वटा कम्पनीहरुको सात अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ ।

हिमालयन बैंक लिमिटेडको प्रमोटर शेयर एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन बैंकमा रहेको हबिब बैंकको शेयर नेशनल लाइफ इन्स्योरेन्सले खरिद गर्दा हिमालयन बैंकको सर्वाधिक कारोबार भएको हो ।

त्यस्तै, राधि विद्युत कम्पनीको ३७ करोड ६० लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ३४ करोड १० लाख रुपैयाँ, शाहस उर्जाको २० करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*