नेपाल रिको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त
१६ कार्तिक २०८२, आईतवार १०:२१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन्।
निरौला यस कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्त भएका हुन्।
1761907433999












