भोलि र पर्सि गण्डकी प्रदेशले बीमा अभिकर्ताको परीक्षा गर्दै

१६ कार्तिक २०८२, आईतवार १२:१२

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले भोलि र पर्सी जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (एजेन्ट) हरूले परीक्षा दिएर मात्र ईजाजतपत्र लिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाई परीक्षा गर्न लागिएको जनाएको छ।

परीक्षा भोलि कात्तिक १७ गते सोमबार बिहान ९ बजेदेखि १० बजेर ३० मिनेटसम्म र पर्सी कात्तिक १८ गते मंगलबार दिउँसो २ बजेदेखि ३ बजेर ३० मिनेटसम्म सञ्चालन हुनेछ।

परीक्षा जम्मा १ घण्टा ३० मिनेटको हुनेछ भने परीक्षामा उत्तीर्ण भएको खण्डमा मात्रै अभिकर्ताको लाइसेन्स प्राप्त गर्न सकिन्छ। परीक्षार्थीहरू देश भरीबाट समावेश हुन सकिने प्राधिकरणले जनाएको छ।

त्यसैगरी प्राधिकरणकै मधेश प्रदेश कार्यालयले पनि भोलि १७ गते दिउँसो १ बजेदेखि २ बजेर ३० मिनेटसम्म र यही कात्तिक २४ गते दिउँसो १ बजेदेखि २ बजेर ३० मिनेटसम्म जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*