नेशनल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

१८ कार्तिक २०८२, मंगलवार १६:१४

काठमाडौं । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीमा क्षेत्रबाट थप आर्थिक सहयोग जुटाइएको छ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड रुपैयाँ चेक मंगलबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन्।

नेशनल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उक्त रकम अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्।

हालसम्म कोषमा जम्मा संकलन रकम सात करोड ५१ लाख पुगेको मन्त्रालयले जनाएको छ।

सरकारले भौतिक संरचनाको पुनर्निर्माणलाई गति दिन उक्त कोष स्थापना गरेको हो। बीमा कम्पनीहरूबाट प्राप्त भएको सहयोगले पुनर्निर्माण प्रयासमा थप योगदान पुग्ने विश्वास लिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*