४४ प्रतिशतले बढ्यो लघु निर्जीवन बीमाको ब्यवसाय, कुनको ग्रोथ कस्तो ?

१८ कार्तिक २०८२, मंगलवार १७:२७

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ पहिलो त्रैमास (साउनदेखि असोज) सम्ममा चार लघु निर्जीवन बीमा कम्पनीहरूले २६ करोड ८१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो ।

यसअवधिमा माइक्रो कम्पनीले आर्जन गरेको ब्यवसाय गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ४४.४४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सो अवधिमा लघु निर्जीवन बीमा कम्पनीहरुले १८ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्मको अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सार्वधिक बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले तीन महिनामा ७ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७.८० प्रतिशतले बढी हो ।

त्यसैगरी दोस्रोमा प्राटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले यस अवधिमा ६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो ब्यवसाय गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५१.७१ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सो अवधिमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनीको ब्यवसाय ६३ प्रतिशतले बढेर ६ करोड ९५ लाख र स्टार माइक्रोको ३९ प्रतिशतले बढेर ५ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

यी कम्पनीहरूले ९१ हजार ६३१ वटा बीमालेख जारी गरेर यो राशीको बीमाशुल्क आर्जन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*