तीन महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय ४९ अर्ब २२ करोड, कुनको अवस्था कस्तो ?

१९ कार्तिक २०८२, बुधबार १६:५०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएका तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो नम्बरमा रहेको नेशनल लाइफले असोज मसान्तसम्मको अवधिमा ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँको ब्यवसाय गरेको छ ।

त्यस्तै, तीन महिनाको अवधिमा एलआईसी नेपालले ४ अर्ब ९८ करोड ३४ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड, हिमालयन लाइफले ४ अर्ब ४३ करोड, एशियन लाइफले २ अर्ब ८८ करोड, सिटिजन लाइफले २ अर्ब १७ करोड, सानिमा रिलायन्सले १ अर्ब ८१ करोड, मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँको ब्यवसाय गरेका छन् ।

यता, आइएमई लाइफले १ अर्ब ५१ करोड, रिलायबल नेपालले १ अर्ब ४५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड र सन नेपालले ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*