हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त
२३ कार्तिक २०८२, आईतवार १०:३६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको स्वतन्त्र सञ्चालक पदमा गोपाल घिमिरेलाई नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ५६औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो। उक्त निर्णय सोही मितिदेखि लागू हुने गरी गरिएको कम्पनीले जनाएको छ।
घिमिरेको कार्यकाल चार वर्षको रहनेछ।














