प्रभु महालक्ष्मी लाइफको ‘बागमती प्रोभियन्स क्लब ‘एचिभर्स अवार्ड सेरेमोनी’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ‘बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२’ सम्पन्न भएको छ। कात्तिक २२ गते काठमाडौंमा बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू र उच्च व्यवस्थापकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लब हासिल गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले प्रोभियन्स क्लब हासिल गर्न सफल भएका अभिकर्ताहरूलाई बधाई दिंदै यो एउटा सफलताको सिढी मात्र भएको र अझ ठूला सफलताहरू अगाडि रहेकाले सो एचिभ गर्न हौसला र मार्गनिर्देशन प्रदान समेत गरे।

कार्यक्रमलाई फलदायी बनाउन योगेन्द्र प्रसाद खतिवडा र रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेका थिए। कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको र कार्यक्रमले आफूभित्रको ऊर्जा बढेको अनूभव भएको अभिकर्ताहरूले बताएका छन्।













