एलआईसी नेपालको खुद नाफा ३७ प्रतिशतले बढ्यो, जीवन बीमाकोष १ खर्ब ३६ अर्बमाथि

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले चालू आवको पहिलो त्रैमासमा १० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।
गत आवको पहिलो त्रैमासमा ७ करोड ८८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवमा भने ३७.४७ प्रतिशत बढी नाफा कमाउन सफल भएको हो।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार पनि १ खर्ब २३ अर्ब ७८ करोड ८० लाख रुपैयाँबाट १०.६४ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ कायम भएको छ।
त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब ५४ कराड ८४ लाख रुपैयाँबाट ९.११ प्रतिशतले बढेर ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ७ अर्ब ७५ करोड २० लाख रुपैयाँबाट ५ प्रतिशतले बढेर ८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ पुगेको छ।
कुल आम्दानीसँगै कम्पनीको कुल खर्च पनि ७ अर्ब १६ लाख रुपैयाँबाट ५.८३ प्रतिशतले बढेर ७ अर्ब ४० करोड ९६ लाख रुपैयाँ पुगेको छ। कम्पनीले गत वर्षको तीन महीनामा अभिकर्तालाई २८ करोड ७३ लाख रुपैयाँ कमिशन दिएकोमा चालू आवमा २०.३६ प्रतिशतले बढाएर ३४ करोड ५८ लाख रुपैयाँ कमिशन दिएको छ।
चुक्ता पूूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ४९ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा ६९ करोड १६ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ९ करोड १८ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ५.९८ रुपैयाँबाट बढेर ७.८८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८३.३२ रुपैयाँ रहेको छ।













