नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपालः कुन सूचकमा को अब्बल?

२८ कार्तिक २०८२, शुक्रबार १७:२८

काठमाडौं । नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) नेपालमा स्थापित र पुराना जीवन बीमा कम्पनी हुन्। यी तीनै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरण प्रकाशन गरिसकेको छ।

चुक्तापुँजीको आधारमा

बीमा क्षेत्रका मुख्य स्तभकारको रुपमा रहेको तीन कम्पनीले चालु आर्थिक बष को पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी तीन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हालको चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

एलआइसी नेपालको चुक्ता पूूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

नेशनल लाइफको चुक्ता पूूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ।

जीवन बीमा कोषको आधारमा

जीवन बीमा कोषमा नेपाल लाइफ अग्र्रस्थानमा रहेको छ । दोस्रोमा नेशनल लाइफ र तेस्रोमा एलआईसी नेपाल रहेको छ।
नेपाल लाइफको २ खर्ब ४५ अर्ब रुपैयाँ जीवन बीमा कोषमा संचिती रहेको छ ।
एलआइसी नेपालको १ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ।
नेशनल लाइफको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

Source: Finacials Reports

कुल बीमाशुल्क आर्जनको आधारमा

नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा कुलबीमाशुल्क आर्जन १३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।
दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले पहिलो त्रैमासमा ५ अर्ब ५२ करोड रुपैयाा कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले पहिलो त्रैमासको अवधिमा ४ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

खुद नाफा

मुनाफाको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो स्थानमा रहेको छ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले चालू आवको पहिलो त्रैमासमा १० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

प्रति शेयरआम्दानी (ईपीएस)

नेपाल लाइफको वार्षिक प्रतिशेयर आम्दानी ९.५५ रुपैयाँ छ भने नेशनल लाइफको १०.३०रुपैयाँ छ। त्यस्तै एलआईसी नेपालको७।८८ रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थ

नेपाल लाइफको प्रतिशेयर नेटवर्थ १३८.१४ रुपैयाँ छ भने नेशनल लाइफको १३१.५४ रुपैयाँ छ। त्यस्तै एलआईसी नेपालको १८।३२ रुपैयाँ छ।

(नोटः तीन कम्पनीबीचको तुलनात्मक अध्ययन कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण लगानी गर्नका लागि लगानीकर्ताहरुका लागि पूर्ण रुप होइन् । लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्ने हुन्छ।)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*