सन नेपाल लाइफको मुनाफा ४४% ले वढ्यो जीवन बीमा कोष साढे १० अर्ब नजिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्जजनिक गरेको छ ।
१ अर्ब ८ करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कमपनीले १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
खुद बीमाशुल्कको आधारमा हेर्ने हो भने यस अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोडरुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ , गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
पहिलो त्रैमासमा कम्पनीको मुनाफा ४४ प्रतिशतले बढेर २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी १८.९५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१.८९ रुपैयाँ रहेको छ।













