रिलायबल नेपाल लाइफको लोभलाग्दो प्रगति, नाफासँगै व्यवसायमा उल्लेख्य बृद्धि

३० कार्तिक २०८२, आईतवार ०७:२४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले खुद नाफा, ब्यापार तथा जीवन बीमा कोषमा उल्लेख्य प्रगति गरेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा २९.६५ प्रतिशतले बढेर २५ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले लगानी तथा ब्याज आम्दानीबाट ३४ करोड ३५४ लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, कम्पनीको बीमा दावी भुक्तानी एक अर्ब १० करोड ८५ लाख रुपैयाँ रहेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २७.४८ प्रतिशतले बृद्धि भएर एक अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

वित्तीय व्यवस्थापनमा उत्कृष्ट काम गर्न सफल भएको यस कम्पनीले कुल खर्चमा मितव्ययता अपनाएको छ । यस अवधिमा कम्पनीको कुल खर्च ७ प्रतिशतले घटेर एक अर्ब ६७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिशनमा ९ प्रतिशतले बृद्धि भएको छ । अभिकर्ताहरुले बढाएको व्यवसायको आधारमा कम्पनीको उक्त कमिशन बृद्धि भएको छ । कम्पनीले अभिकर्ता कमिशनमा १३ करोड ७१ लाख रुपैयाँ वितरण गरेको छ ।

समीक्षा अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष १३.९२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको उक्त कोषमा हाल १९ अर्ब ७९ करोड १० लाख रुपैयाँ सञ्चिती रहेको छ ।

पाँच अर्ब १९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ र नेटवर्थ पर शेयर १५४ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*