एशियन लाइफको मुनाफा १४.७० प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उल्लेख्य प्रगति

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको नाफा १४.७० प्रतिशतले बढेर १५ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १३ करोड २९ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ४८ अर्ब ४८ करोड ५२ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११.२२ प्रतिशतले बढेको हो ।
असोज मसान्तसम्मको अवधिमा कम्पनीको जगेडा कोष १६.८५ प्रतिशतले बढेर ९४करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा जगेडा कोषमा ८० करोड ५६ लाख रुपैयाँ सञ्चिति रहेको थियो ।
महाविपत्ती कोष पनि ५.४५ प्रतिशतले बढेर २९ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने चुक्तापूँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
यता, कम्पनीको खुद बीमा आर्जन समेत १३.१६ प्रतिशतले बढेर २ अर्ब २८ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आर्जन २ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।
तीन महिनाको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२.६४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३०.१२ रुपैयाँ रहेको छ ।













