तीन महिनामा राष्ट्रिय जीवन बीमाले कमायो १२ लाख रुपैयाँ, कस्तो छन् अन्य वित्तीय सूचकहरु?

३० कार्तिक २०८२, आईतवार ०७:५५

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले कुल १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । साथै, कम्पनीको महाविपत्ती कोषमा एक करोड ९६ लाख रुपैयाँ र जगेडा कोषमा २७ करोड २० लाख रुपैयाँ सञ्चिती रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन चार अर्ब ५० करोड ४६ लाख रुपैयाँ रहेको छ । गत आवको तुलनामा कम्पनीको व्यवसाय १.९१ प्रतिशतले घट्न पुगेको छ ।

साथै, यस अवधिमा कम्पनीको खुद बीमा दावी भुक्तानी पाँच अर्ब २२ करोड ७१ लाख रुपैयाँ रहेको छ । कुल पाँच अर्ब ६२ करोड ५५ लाख रुपैयाँ कुल आम्दानी रहेको यस कम्पनीको कुल खर्च पाँच अर्ब ४० करोड ५४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले अभिकर्ता कमिशनमा ४९ हजार रुपैयाँमात्र वितरण गरेको वित्तीय विवरणले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*